प्रदेशस्तरीय महिला भलिबल: सेमिफाइनलमा बागलुङ र म्याग्दी, स्याङ्जा र पर्वत खेल्ने
पाेखरा | असार १५, २०८०
पोखरा: पोखरामा बिहीबार देखि सुरु भएको गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पोखरा रंगशालाको बहुउदेश्यिय कभर्डहलमा जारी प्रतियोगितामा सेमिफाइलनमा बागलुङ र म्याग्दी, स्याङ्जा र पर्वतले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो क्वाटरफाइनल खेलमा समूह ‘ए’को विजेता जिल्ला भलिबल संघ म्याग्दीले समूह ‘सी’को उपविजेता मनाङलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
म्याग्दीले २५–२ र २५–१८ ले मनाङलाई सोझो सेटमा पराजित गरेको हो ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा समूह ‘डी’को उपविजेता जिल्ला भलिबल संघ बागलुङले समूह ‘ए’को विजेता गोरखालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै तेस्रो क्वाटरफाइनल खेलमा समूह ‘सी’को विजेता जिल्ला भलिबल संघ स्याङ्जाले समूह ‘ए’को उपविजेता कास्कीलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्याङजाले २५–२१ र २५–१९ ले कास्कीलाई पराजित गरेको हो ।
क्वाटरफाइनलको चौथो खेलमा समूह ‘डी’को विजेता जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
पर्वतले २५–१३ र २५–१२ ले नवलपुरलाई पराजित गरेको हो ।
शनिबार बिहान हुने पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ बागलुङ र म्याग्दी दोस्रो सेमिफाइलनमा खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतको बिचमा प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार लिग चरणका तीन खेल र क्वाटरफाइनलका चार खेल सम्पन्न भएको थियो ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

